वेदहरु चोरी हुँदा बिष्णुको अवतारको वर्णन


जब वेदहरु ब्रह्माको राखनधरनबाट चोरिएका थिए तब बिष्णुले मत्स्य अवतार लिएर ति वेदहरु पूनः फर्काएको कथन छ । बिष्णुपुरानमा वेदहरुको पूर्नस्थापनाका लागि बिष्णुलाई बिभिन्न नामले पुकारा गरिएको पाइन्छ ।

ति नाममध्य एउटा नाम हो गुरुरगुरुतामह, गुरु र गुरुतामह दुईवटा शव्द हैनन, यि एउटै शव्द हुन् । यसको अर्थ हो जनना बाट ब्रह्मामा धारण गरेका यि महापुरुष सबैभन्दा ठूला मार्गदर्शक या गुरु हुन् । ब्रह्माण्डमा ठूलो बाढी आएका समयमा पृथ्वीमा सम्पूर्ण प्राणी र बिरुवाको बिज राखिएको थियो, बिष्णुले यहिँ वास गरे । बिष्णुले सहयोग चाहिएका मनु लगायतका अन्य पिडितहरुलाई सहयोग गरे ।
बिष्णुलाई सत्यपराक्रमह पनि भनिन्छ, उन्ले आफ्नो पराक्रम र सिपले रक्षा गर्दछन् । उनलाई निमिसाह पनि भनिन्छ र कारण हो यिनले आफ्नो भक्तको बैरीलाई कदै शरण दिँदैनन र सदा सत्यको मार्गमा अघि बढ्दछन् । उनी अनिमिसाह पनि हुन् र यो बिशेषण मत्स्य अवतारमा ठ्याक्कै सहि हुन्छ । यसको अर्थ हो आफ्ना भक्तका लागि यिनले कदापी आँखा चिम्लदैनन, सदा कृपा दिन्छन् जसरी माछाले पनि कदापी आँखा चिम्म गर्दैन । उनी श्रग्वी पनि हुन् कारण यिनको गलामा सदैव माला हुन्छ ।

मत्स्य अवतारका समयमा पनि बिष्णुको गलामा माला पहिरिएको बताइन्छ । बिष्णुले लगाउने यस अदभूत माला बैजन्ती माला हो । ब्रह्माको हराएको वेद र ज्ञान पनि यिनै बिष्णुले पूर्नस्थापना गरेका हुन् । उनी बक्षसपति अर्थात बोली र ज्ञानका देवता पनि हुन्, उनी अग्रणी पनि हुन किनभने यिनले मोक्षतर्फ मार्गदर्शन गर्दछन् । कमलनयन यिनी सर्वोच्च शक्तिको एउटा बिम्ब हो, मत्स्य अवतारमा पनि कमलनयनको स्थापना भएका यिनी बिष्णुलाई तसर्थ श्रीमन पनि भनिन्छ । आज विश्वभरिका बैष्णव समुदायले श्रीमन नारायणलाई आफ्नो थेगो बनाएको पाइन्छ । यिनीलाई उद्रदी पनि भनिन्छ किनभने यिनको जननाले मानिसलाई उत्साह र बिशेषताको सञ्चार गराँउदछ ।
दशावतरा स्तोत्रको देशिकाका अनुसार भगवान नारायणको पानीमा भएको हलचलले छालहरु उब्जाँउछ भनें हावामा भएको हलचलले हावाको तरगं र वायू पैदा गर्दछ ।

कायेन वाचा मनसेन्द्रियैर्वा ।
बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत्सकलं परस्मै ।
नारायणयेति समर्पयामि ॥ ९ष्०
कायेन वाचा मनसेन्द्रियैर्वा
बुद्ध्यात्मना वानुसृतस्वभावात् ।
करोति यद्यत्सकलं परस्मै
नारायणयेति समर्पयेत्तत् ॥ ९ष्ष्०

मैले शरीर, मष्तिष्क या सोचले जे गरे पनि
मेरा ईन्द्रियहरुले जेसुकै भनें पनि
चाहे अज्ञान नै भएर या हृदयको भित्रि भावले प्रकट गराएर
या मष्तिष्कमा भएका केहि विधमान कुराको प्रभावमा
म सम्पूर्ण कुराहरु गर्नेछु जुन जुन मैले गर्नुपर्ने हुन्छ
तर म आफूमा कुनै आफ्नो स्वामित्व रहने छैन
सम्पूर्ण कुराहरु म भगवान बिष्णुको चरणमा चढाउन चाहन्छु

सुयोग ढकाल


Loading comments...