थाईल्याण्डका नेपालीको थाई नागरिकतामा संघर्ष


पुरानो राष्ट्रगानको याद आँउछ, प्रजा फैलियोस पुकारौं जय प्रेमले हामी नेपाली साराले । यसै प्रकारले नेपालीहरु विश्वभरि फैलिदै गएका छन् अनि फैलिदै गएको छ प्रवासी नेपालीहरुको वेदना अनि बिकासका कथाहरु ।

अधिकांश थाईल्याण्डका नेपालीहरु घुम्न, कार्यक्रमका लागि, काम या ब्यवसाहिक प्रयोजनका लागि गएका पाइन्छन् । केहि नेपालीभाषी र मुलका मान्छेहरु ५० सौं वर्षदेखि बर्मा हुँदै थाइल्याण्ड छिरेका हुन् । थाईनेपाली एसोसिएशन नामक संस्थाको अनुसार थाइल्याण्डमा न्यूनतम ८० हजार नेपाली मुलका मान्छेहरु छन् । त्यहाँका डिपार्टपेन्टल स्टोर देखि बैकंकको प्रचलित खाउसांग स्ट्रीटमा सम्म अधिकांश फुटपाथ पसले, डिपार्टमेन्ट स्टोरका सेल्सम्यान अनि सरसफाईका कर्मचारी नेपाली भाषी छन् । बैकंकका नेपाली बोल्न जान्नेलाई किनमेल र कुराकानीमा धेरै सहज हुने अनुभव धेरै नेपाली पर्यटकको छ ।

थाइल्याण्डमा बस्ने ९० प्रतिशत नेपाली बर्माबाट आएका हुन् । स्मरण रहोस बर्मामा सरकारले १३५ वटा जातिगत समुह तोकेपनि त्हाँ भएका नेपालीलाई भने त्यसमा स्थान दिएको पाइन्न । बर्मामा पहिचान र अस्तित्व नपाएपछि सिमावर्ति थाइल्याण्डमा भविष्यको खोजिमा आउने नेपालीभाषीहरुको बाहुल्यता निकै छ । सन् १८१६ को सुगौली सन्धीपछि ईस्ट ईण्डिया कम्पनीमा गोर्खा बिग्रेडको स्थापना भयो, एग्लो बर्मा वारहरुको श्रृखलामा ति ब्रिगेडका न्पाली सेनाहरु कतिपय उतै बर्मा तर्फ नै बस्न थाले । गोर्खालीका ईतिहास अध्यनकर्ता र इतिहासविद टिम गुरुगंका अनुसार सन् १८२४ मा ईस्ट ईण्डिया कम्पनीमा कार्यरत सैनिक बाहेक अन्य नेपालीहरुलाई पनि हिन्दर र टेनेसरिम खानीमा काम गर्न बर्मा लगिएको थियो ।

सन् १९३७ सम्म बर्मामा नेपालीजनको यात्रा उति कठिन नभएको भएकाले पनि आप्रवासन र आवतजावत कायमनै रहेको तथ्य छ । त्यसपछि भनें बर्मासंगको नेपाली आवागमन अलिक हसहज हुन थाल्यो तथापि त्यता जाने र फर्कने क्रम भनें यथावत नै थियो । बर्माबाट सुनको ब्यापार अनि कमाई पनि नेपालभन्दा उल्लेख्य बढि थियो, बर्मा समृद्धिको थलोका रुपमा नेपालीहरुका लागि परिचित हुँदै गयो । सन् १९४२ सम्म बर्मामा २ लाख नेपाली रहेको तथ्याकं थियो अनि बर्मामा दोश्रो विश्वयुद्ध ताका आप्रवासन नेपालबाट झनै बढेर गएको थियो । उतिबेला चौथो गोर्खा राईफल बटालियनको भूमिका जापानी शाषित बर्मालाई स्वतन्त्र पार्नुमा उल्लेखनिय थियो तर अरु युद्धमा झैं केहि नेपाली सैनिक घर फर्किए त केहि उतै बसे । तर स्वतन्त्रतापछिको बर्माको जीवन सोचे झैं भएन अनि आज सम्म पनि त्यहाँ भएका नेपाली मुलका अनि नेपाली भाषी बर्मेलीहरु प्रताडनाको शिकार भएका छन् । भाषागत रुपमा स्पष्ट नेपाली बोल्ने भएपनि नेपाली लिपी र अक्षरसंग नयाँ बर्मेली पुस्ताहरु अनभिज्ञ नै छन् र यसरी नेपाली भाषा र लिपीलाई बिभेद बर्मेली सरकारकै मातहतबाट भएको पाइन्छ ।
सन् १९६२ मा जनरल नी विनको सैनिक समुहले बर्मामा गरेको आन्दोलन पश्चात राष्ट्रियकरणको नयाँ दौर शुरु भयो अनि त्यसैसंग आप्रवासी नेपालीहरुको सम्पती अनि पहिचान झनै सकंटमा परेर गयो । बर्मेली नेपालीहरुले आज पनि सहजै बर्माको नागरिकता पाउने आवेदनसम्म दिने प्रावधान छैन । धेरै बर्मेलीहरु अप्ठेरो बाटो रोजेर अनि पूर्ण कागजपत्रको अभावमा अहिलेपनि थाइल्याण्ड लगायत तेश्रो मुलुकमा संघर्षरत छन् । बर्मा र थाइल्याण्डकै धेरै कारागारमा नेपालीभाषी बर्मेलीहरु बन्दी बनाइएका छन् ।

सन् १९८५ मा राजा बिरेन्द्रको थाइल्याण्डको भ्रमणका क्रममा धेरै बर्मेली नेपालीले थाइल्याण्डको नागरिकता पाउन पनि सकेका थिए । एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्र नेपालीका अनुसार राजा बिरेन्द्रको भ्रमण पछि ५ देखि १० प्रतिशत त्यहाँ भएका बर्मेली नेपालीले थाई नागरिकता पाएको बताए । ९० प्रतिशत थाईल्याण्डमा बसेका नेपाली भाषीहरुले कानुनी मान्यता पाएका छैनन र दयानीय अनि तेश्रो दर्जाका नागरीकका रुपमा बाँचिरहेका छन् । ति नेपालीहरुको नेपालप्रतिको माया अनि भाषाप्रतिको सम्मान निकै भएको र उनीहरुको कानुनी अस्तित्व बनाउन नेपाली सरकार र संयन्त्रको पैरवी कतिको जरुरी छ, परराष्ट्र मामीलाको सोचनीय कुरा हो ।
उनीहरु बर्मामा फर्कन सक्दैनन न त नेपाल आउन सक्दछन् । ५० सौं वर्ष अघि बर्माको स्वतन्त्रका लागि लडेका विर योद्धाका परिवारलाई बर्माले गरेको नराम्रो ब्यबहार र पहिचानको बिभेदको मुद्धा अब कसरी समाधान गर्ने हो त ?

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...