यौन शोषणको उजुरी गर्दा ज्यूँदै जलाईएकी चेली


दक्षिण एसियाको हाम्रो निकटतम छिमेकी राष्ट्र बगंलादेशको एउटा दर्दनाक घटनाले विश्वलाई अहिले नारी स्वतन्त्रताको एउटा वेदनामुलक प्रश्न दिएर गएको छ । ढाकाबाट १६० किमी दक्षिणको गाँउ फिनीमा १९ वर्षकी नुसरत एउटा मदरसामा अध्ययन गर्दथिन । २७ मार्चमा यिनले साथीभाई र गाँउलेहरुलाई मदरसाका प्रिन्सीपलले आफूलाई कार्यालयमा बोलाएर जबरजस्ती गोप्य अगंहरुमा छोएको र मनमानी गर्न खोजेको बताएकी थिइन । नुसरतले न्यायको अपेक्षा गरेर यो उजुरी त गरिन तर पछि न्यायको खोजिमा रहेकी नुसरतलाई ज्यूँदै जलाएर मारियो ।

बंगलादेशमा लाखौं महिलाहरु माथि यस्ता यौनशोषणका घटनाहरु दैनिक हुने गरेका छन् तर त्यहाँ यस्ता उजुरी र पीडकलाई किटानी जाहेरी न्यून हुने गर्दछ । नुसरतले जाहेरी त दिइन तर आफ्नो जीवननै गुमाउनु पर्यो । प्रहरी कार्यालयमा उजुरीका लागि गएकी उनलाई प्रहरी कर्मचारीहरुले जोहरी दर्ताको समयमा भिडियो खिचेका थिए । प्रहरी कर्मचारीले उनलाई अनुहारबाट हात हटाउ भन्दै गाली गरेको भिडियो पछि गएर स्थानीय मिडियामा लीक भएको थियो । सानो गाँउको रुढीवादी परिवारकी अनि इस्लामीक बिधालयमा अध्यन गर्ने नुसरतले पीडकलाई जाहेरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ त गर्यो तर प्रहरी कार्यालय अगाडि एकहुल मान्छेहरुले यस पक्राउका बिरुद्ध प्रदर्शन समेत गरेको खबर छ । एकजना स्थानीय राजनैतिक नेता र २ जना स्थानीय पुरुषको नेतृत्वमा भएको त्यो प्रदर्शनबाटै नुसरतलाई ज्यान मार्ने धम्की आएको थियो । ६ अप्रिलमा मदरसामा फाइनल जाँच दिन गएकी नुसरतलाई जाँच दिन दिइएन । एकहुल मान्छेबाट उनका साथीले उनलाई जोगाएर बिधालयको छतमा त लिएर गए तर त्यहाँ बुर्का लगाएर आएका मान्छेहरुले उनलाई ज्यूँदै जलाइदिए । मौन समाज र रुढीवादी चलनका बिच लाखौं नुसरतहरु विश्वभरि यसरी मारिएका छन् र मारिँदै छन् । नुसरतलाई सकेसम्म बढि पीडा होस् भनेर हत्याराहरुले टाउकोमा नपर्ने गरि मटितेल खन्याएर आगो लगाए, उनी घन्टौंसम्म छटपटाएर जीवनको भीख मागी रहिन तर हत्याराहरुलाई कसैले रोक्न सकेन् ।

नुसरतले आफ्नो भाईको मोबाइलमा मृत्युपूर्व अडियो रेकर्ड गर्दै आफुलाई यौन दुब्र्यबहार गर्ने शिक्षकको बिरुद्ध अन्तिम श्वाँससम्म लड्ने र आफुलाई आगो लगाउने मदरसाका बिधार्थीहरुको पहिचान पनि गरेकी छिन् । उन्को जीवनका लागि कोही पनि नआएका भएपनि मृत्युपर्यन्त दाहसंस्कारका समयमा हजारौं मान्छेहरु भेला भएका बगांली मिडियाहरुले जनाएका छन् ।

लाइभमाण्डु


Loading comments...