Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

हनुमान चालिसामा निकालिएको छ सूर्य र पृथ्वी बीचको दूरी

८ बैशाख २०७६, आईतवार ०६:३०


आधुनिक खगोलशास्त्र र विज्ञानबाट हामीले सूर्यको वरिपरि पृथ्वीको अक्ष पूर्णरूपमा वृत्ताकार नभई अण्डाकार भएको थाहा पाएका छौँ। त्यसैले गर्दा, वर्षभरीमा सूर्य र पृथ्वीबीचको दूरी पनि फरक पर्ने गर्छ। पृथ्वीले सूर्यलाई अण्डाकार अक्षमा घुम्दा सबैभन्दा नजिक भनेको करीब ९ करोड १४ लाख ४५ हजार मील ९१४ करोड ७१ लाख ६६ हजार ४६२ किलोमिटर० को दूरीसम्म पुग्दछ। पृथ्वीको अक्षको यो विन्दुलाई अङ्ग्रेजीमा ‘पेरि(एप्सिस’ (Peri-apsis) भनिन्छ, जुन जनवरी महिनाको पहिलो हप्तातिर पर्न जान्छ।
distance from sun and earth
सूर्यबाट पृथ्वी सबैभन्दा टाढा पुग्ने भनेको जुलाईको पहिलो हप्तातिर हो, जतिबेला सूर्य र पृथ्वीबीचको दूरी करीब ९ करोड ४५ लाख ५५ हजार मील ( १५ करोड २१ लाख ७१ हजार ५२२ किलोमिटर ) हुन जान्छ। यो विन्दुलाई अङ्ग्रेजीमा ‘एपो(एप्सिस’ (Apo-apsis) भनिन्छ। त्यसैले सूर्य र पृथ्वीबीचको औषत दूरी करीब ९ करोड २९ लाख ५५ हजार ८०७ मील (१४ करोड ९५ लाख ९७ हजार ८७१ किलोमिटर) रहेको आधुनिक विज्ञानले बताउँछ।

आधुनिक विज्ञानको इतिहासलाई हेर्दा, सन् १६७२ मा ‘जिन रिचर’ र ‘जियोवानी डोमेनिको क्यासिनी’ले पहिलोचोटि सूर्य र पृथ्वीबीचको दूरी पृथ्वीको अर्धव्यास (Radius) भन्दा २२,००० गुणा बढि रहेको पत्ता लगाएका थिए। पृथ्वीको अर्धव्यास ६ हजार ३ सय ७१ किलोमिटर रहेको छ। त्यसैले २२,००० x ६,३७१ . १४,०१,६२,००० किलोमिटर हुन जान्छ।

यो त भयो आधुनिक विज्ञानको कुरा ! तर सायद तपाईँहरूलाई थाहा छैन होला, हिन्दु धर्मको ‘हनुमान चालिसा’मा सूर्य र पृथ्वीबीचको दूरी कति सजिलो तरिकाले गणना गरिदिएको छ।

“जुग सहस्त्र योजन पर भानु, लील्यो ताहिमधुर फल जानू”
मतलब, “जुग सहस्त्र योजनको दूरीमा अवस्थित भानु ( सूर्य ) लाई हजूरले मीठो फल ठानेर निल्न लाग्नुभयो”
अब, हिन्दु वैदिक शास्त्रमा निम्न प्रकारको इकाई रुपान्तरणको उल्लेख गरिएको छ :

१ जुग = १२,००० दिव्य वर्ष
१ सहस्त्र = १,००० इकाई
१ योजन = ८ मील

त्यसपछि, ‘जुग सहस्त्र योजन’ = १२,००० x १,००० x ८ . ९,६०,००,००० मील

१ मील = १.६ किलोमिटर

त्यसैले, ९,६०,००,००० x १.६ किलोमिटर = १५,३६,००,००० किलोमिटर

सूर्यलाई घुम्ने पृथ्वीको अक्ष अण्डाकार भएको हुनाले त्यसको औषत निकाल्दा अलि- अलि फरक पर्न जानु स्वाभाविक हो।अब यहाँ सबैभन्दा ठूलो अनि विवादास्पद प्रश्न के उठ्छ भन्दा, त्यतिबेलाका माहापुरुष हरुले कसरी यो दूरी पत्ता लगाएरु यो भन्दा पहिले हामीले के जान्नु जरुरी हुन्छ भन्दा, त्यतिबेलाका मानिसहरूसँग पनि ज्ञानको स्रोत थियो, क्षमता थियो अनि अहिलेका आधुनिक प्रविधिभन्दा पनि अत्याधुनिक प्रविधि थियो।

इतिहास हाम्रो अगाडि जसरी प्रस्तुत हुन पर्ने थियो, त्यसरी प्रस्तुत गरिएको छैन, यो यथार्थ हो। प्राचीन इतिहासका ती सुनौला पन्नाहरूमा कैयौँ अनमोल रत्न अनि ज्ञानको भण्डार लुकेको छ, जसलाई खोज्न सोँचेजति सजिलो छैन। यी रत्नहरूबाट प्रज्ज्वलीत प्रकाशको ज्योतीलाई सहि ढङ्गले भविष्यको मार्गनिर्देशनको लागि प्रयोग गर्नु आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै