Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

अमेरिकाले यी नेताको जानकारीका लागि दिँदैछ १० मिलियन डलर ईनाम

१० बैशाख २०७६, मंगलवार १०:३७


यस हप्ता सोमबार अमेरिकी सरकारले लेवनानी सिया सैनिक हिजबुल्लाहको बारेमा कुनै पनि जानकारी दिने मान्छेलाई १० मिलियन अमेरिकी डलर ईनाम तोकिदिएको छ । हिजबुल्लाहको आर्थिक कारोबार र अर्थभण्डारणको कुरा चाल पाउने जोकोहीलाई पनि अमेरिकी सरकारले यो ईनाम दिने घोषणा गरेको हो ।

अमेरिकी जानकारीका अनुसार हिलबुल्लाहले आफ्ना सहयोगी अली यूसुफ छहारीका माध्यबाट दक्षिण अफ्रिकामा अरबौं डलर टेलिकम्यूनिकेशनमा लगानी गरेको पाइएको छ ।

अमेरिकाले दशकौंदेखि लेवनानमा रहेका सिया सैनिकहरुसंग प्रतिकार गर्दै आएको छ र यसै संघर्षका क्रममा सन् १९८३ मा ४२१ जना अमेरिकी सैनिकहरुको हत्या भएको थियो । अमेरिकाले लेवनानको यि सिया सैनिकसंग संघर्षका क्रममा निकै तितो अनुभव संगालेको छ र अहिले हिजाबुल्लाहको लगानी र प्रभाव अहिले अमेरिकाकालागि ठूलो चुनौती भएको छ । हिजाबुल्लाहको संगठन अहिले लेवनानको मन्त्रीमण्डलमा पनि प्रतिनिधित्व गर्दछ र एउटा प्रभावशाली राजनैतिक दलका रुपमा लेवनानमा लोकप्रीय पनि छ । यस संगठनले अमेरिका र इज्रेलको आपसी सम्बन्धका विरोधमा निकै पैरवी गर्दछ । सन् २००० मा इज्रेलले हिजाबुल्लाहको संगठनको गुरिल्ला गतिविधीका कारण लेवनानबाट हात झिकेको हो भनी रिपोर्टमा उल्लेख छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै