बुद्धले आफ्ना भिक्षुलाई किन बेश्यालय पठाए ? भाग १


हेर्नुहोस गौतम बुद्धको दर्शन अनि तवरहरु अति नै ब्यबहारिक छ । सामान्यतया अन्य दर्शनहरुमा पवित्रता र फरक समाजको परिकल्पना गरिएपनि गौतम बुद्धको दर्शनमा भनें यसै समाजमा कसरी आफु बिवेकी अनि ज्ञानी भएर रहन सकिन्छ भन्ने कुराहरुमा ब्याख्या गरिएको पाइन्छ । एकफेर यात्राका क्रममा एकजना बौद्ध भिक्षुलाई एउटी यौनकर्मी महिलाले रोकिन् र एउटा बर्खा मौसम संगै बसौं भनेंर आग्रह गरिन् । भिक्षु जो सम्यक दृष्टिले बिश्वलाई हेर्दथे उनले ति महिलालाई सहज रुपमा आफु उनीसंग बस्न र आग्रह स्विकार गर्न अफ्ठेरो नमान्ने तथापि यस कुराका लागि मलाई गुरु गौतम बुद्धको सहमती चाहिन्छ भनेंर ति महिलालाई भन्दछन् ।

महिलाले प्रश्न गर्दछिन कि के गौतम बुद्धले तिमीलाई यसरी म संग बस्न अनुमती दिनुहुन्छ त ?

भिक्षुले सहजै जवाफ दिन्छन् कि गौतम बुद्धले मलाई रोक्नुहुन्न, मलाई थाहा छ तर वहाँको आज्ञा बिना म केहि गर्न सक्दिन । त्यसपश्चात भिक्षु गएर गौतम बुद्धसंग यस बिषयमा आज्ञा माग्दछन् । गुरु एकजना महिलाले मलाई आफुसंग सम्पूर्ण बर्खा मौसम साथै बस्न अनुनय आग्रह गरेकी छिन् , म के गुरुँ ?

गौतम बुद्धले खुशी हुँदै यो त सहृदय आग्रह हो, यस्लाई अनादर गर्न मिल्दैन भन्नुहुन्छ । मेरो तिमीलाई आज्ञा छ कि तिमी त्यो आग्रह स्वीकार गर र ३ महिनाको बर्खामास सकाएपछि तिमी म कहाँ फर्कनु । त्यसपछि उक्त भिक्षु ति महिलासंग बस्न जान्छन् । यता गौतम बुद्धलाई अन्य शिष्यहरुले अब त्यस भिक्षुको चित्तमा लालच, चाह र वासनाले प्रश्रय पाउने र उ फर्कदाँ सम्म ज्ञानको सरिता प्रदुषित भइसक्नेछ भनेंर भन्छन् । गौतम बुद्धले प्रतिउत्तरमा अबको ३ महिनाले सत्य उजागर गर्नेछ जुन बिल्कुलै फरक रहनेछ भन्नुहुन्छ ।

अब उक्त महिलाको घरमा अन्य शिष्यहरुले सुराकी गर्न थालेका छन्, उनीहरुले घरिघरि उक्त घरबाट गीत अनि नृत्यका आवाजहरु पनि आउने गर्दछन् । यस कुरा उनीहरुले बुद्धलाई सुनाँउदा बुद्ध अत्यन्त सौम्य र शान्त देखिनुहुन्छ ।
अब केवल अर्को ३ महिनाको प्रतिक्षा हुन्छ यस सत्यको उजागर गर्नका निमित्त ।

लाइभमाण्डु

बुद्धले आफ्ना भिक्षुलाई किन बेश्यालय पठाए ? भाग २ 


Loading comments...