बाल्मीकि रामायणको पहिलो श्लोकको परिवेश


बाल्मीकिले रामको कथा नारदमुनीबाट सुने, त्यस इतिहासमा बाल्मीकिको मन यसरी बस्यो कि उन्ले त्यसैबखत अठोट गरे कि अब यस बिषय र परिवेशमा म केहि लेख्नेछु र आउने पुस्ताहरुमा न्याय र मानवताको सञ्चार गर्नेछु भनेंर । अनि केहि वर्ष सम्म बाल्मीकी यस रामायण कथाको कुन छेउ समातेर अनि कहाँबाट शुरुवात गर्ने भन्ने कुरामा घोत्लिरहे ।

बाल्मीकि रामको कथामा यति भिज्दै गए कि उनी स्वयम मिथिलामा आए, उनी जगंल अनि कुँवा पोखरीहरुमा विचरण गर्दै राम र सीताको कथा र घटनाक्रमसंग झनै नजिक हुन थाले । अहिलेको धनुषाधाम भन्दा केहि पश्चिममा अहिले बाल्मीकि कुँवा छ, त्यहाँ एक जमानामा तमाशा खोला हुने गर्दथ्यो, त्यस कुँवामा बाल्मीकिले गर्मीको समयमा एक डुबुल्की मारे । चराहरुको आवाज र हरियालीसंग उनी रमाइलो मानिरहेका थिए त्यसैबेला एकजोडी चराहरुको रमाइलो चिरबिर चिरबिरमा बाल्मीकिको मन बस्यो । राम र सीताको तुलना उनी त्यस चरासंग गर्न थाले अनि ठिक त्यसै बेला एउटा ब्याधाले जोडी चरा मध्य पुरुष चरालाई वाण हानेर झारिदियो अनि मारिदियो । महिला चराको वेदना उनकै चिरबिर आवाजमा बाल्मीकिले सुने, समभाव प्रकट गरे अनि त्यसै वेदनालाई बाल्मीकिले मसीमा चोबेर रामायणको प्रथम श्लोक बनाए ।

” मा निषाद १ प्रतिष्ठां त्वम् गमः शाश्वतिः समाः
यत् क्रौञ्चनां मिथुनादेकंकवधि काममोहितं || ”

रामायणका कतिपय महत्वपूर्ण किस्साहरु अझै पनि हाम्रो मिथिला नगरीका ठाँउ अनि चलनमा ज्यूँदा छन्, त्यसैले हामीले एउटा भिडियो सिरिजको नाम नै कथिदिऔं ज्यूँदो रामायण । नेपाल पर्यटन बोर्डको सहयोगमा बनाइएको ४ वटा रामायण उन्मुख भिडियो श्रृखलाहरु जिवीत रामायणका रुपमा छिटै राम र सीता प्रेमी यहाँहरु सबैको पहुँचमा आउनेछ ।
जय सियाराम ।

सुयोग ढकाल


Loading comments...