
प्यालेस्टाइनी आमा र बच्चाको इज्रेली हमलामा बिभत्स हत्या
२२ बैशाख २०७६, आईतवार १०:५८
इज्रेल र प्यालेस्टाइनको गाँजा क्षेत्रमा महिनौं लामो शान्ति थियो तर त्यस मौनताले हिजो राती पूर्णविराम पायो । इज्रेली हवाई आक्रमणमा प्यालेस्टाइनी आमा र उन्को एक वर्षको छोरोको बिभत्स हत्या भयो, अहिले यो समाचार अन्तराष्ट्रिय समाचार माध्यममा निकै चर्चामा छ । ति आमा गर्भवती पनि रहेको खबर छ । यी महिला २२ वर्षिय ईमाद नसिर भएको गाँजा क्षेत्रको स्वास्थ मन्त्रालयले दिएको बिज्ञप्तीमा उल्लेख छ भनी अलजजिराले लेखेको छ । अरु १३ जना प्यालेस्टाइनीहरु गम्भीर घाइते भएको खबर छ ।
गाँजा क्षेत्रमा हमास समुहको कब्जा छ । हमासलाई ईस्लामीक जिहाद मुभमेन्टले सघाएको बताइन्छ, यि समुहले इज्रेली भूमिमा २०० भन्दा धेरै रकेट र लन्चर प्रहार गरेपछि उताबाट जवाफी कारवाही भएको बताइन्छ । इज्रेलसंग एन्टी ब्यालेस्टीक प्रविधि छ जस्ले आकाशमा आएको मिसाइल या रकेटलाई आकाशमा नै झारिदिन सक्दछ । तसर्थ इज्रेलतर्फ कुनै हताहतीको खबर छैन तथापि २ जना इज्रेली सैनिकको सामान्य चोटपटकको खबर भनें रहेको भनी रुइटरसले लेखेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै