Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

ईरानी राष्ट्रपतीका भाइलाई जेल

२२ बैशाख २०७६, आईतवार १७:००


खबर ईरानको हो । राष्ट्रपति हसन रुहानीका कान्छा भाइलाई ईरानी अदालतले भ्रष्टाचारको आरोपमा जेल चलान गरेको छ । हुसेन फेरेडुएन नामका यि राष्ट्रपतिका सहोदर भाइले भ्रष्टाचार अनि राजनैतिक आरोप पनि लगाइएको छ तथापि यिनले थप सुनुवाईका लागि आवेदन भनें दिएका छन् । यस वर्षको फेब्रुअरी महिनाबाटै फेरेडुएन र यिनका अन्य ६ सहयोगीलाई पूर्पक्षमा राखिएको हो ।
सन् २०१५ को ईरान र विश्वका अन्य शक्तिशाली देशहरुबिचमा भएको न्यूक्लीयर संझौतामा फेरेडुएन शिर्ष व्यक्ति थिए । ईरानका अब्बल परराष्ट्रविज्ञ मानिने यिनलाई सन् २०१७ बाट नै बिभिन्न आरोपमा पूर्पक्षका लागि थुना र कारागार राखिँदै आएको तथ्य छ । राष्ट्रपति रुहानीले भनें पछि गएर आफ्नो नाम पछाडिको थर फेरेडुएन बाट रुहानी राखेको बताइन्छ, रुहानीका समर्थकले भनें उन्का भाईको व्यक्तिगत छवीका कारण राष्ट्रपतिको समेत छवी बदनाम गराउन खोजेको आरोप पनि लगाएको छन् ।
सरकारी न्याधिवक्ता हम्रिदेजा हुसेनीले भनें हुसेन फेरेडुएनलाई जेल चलान गर्दा सम्म कुनै आरोप प्रमाणीत नभएको बक्तव्य सरकारी समाचार एजेन्सी आइआरएनए लाई दिएपछि अहिले फेरेडुएन प्रति कुनै षडयन्त्र भएको हो कि भन्ने शंका पनि ईरानी जनताहरु माझ उठेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै