
कतारलाई हेलिकप्टर बेच्दै अमेरिका
२७ बैशाख २०७६, शुक्रबार ११:३४
३ बिलियन अमेरिकी डलरमा कतारलाई अमेरिकाले अपाचे हेलिकप्टर बेच्ने भएको छ । डिफेन्स सेक्यूरिटी कर्पोरेशन एजेन्सी को विज्ञप्तीमा यो उल्लेख छ । २४ वटा अपाचे हेलिकोप्टरहरु अमेरिकाले कतारलाई बेच्न लागेको हो । नाईट भिजन सेन्सर, बन्दुक, मिसाइल लगायत थुप्रै प्रविधि भएका यस्ता हेलिकप्टरहरु अहिले समग्र गल्फ देशहरुमा भएको संख्या भन्दा कतारले दोब्बर संख्यामा यस्ता हेलिकप्टर किन्न आँटेको हो ।
अमेरिकी बिज्ञप्तीमा यी हेलिकप्टरहरु निकट हवाई सहयोग, हतियार सुराकी र ट्याकं वारफेयर मिसनमा प्रयोग हुने बताएको छ । अमेरिकी काँग्रेसले यी निर्णयलाई थप सदर गर्न बनें बाँकी छ तथापि हेलिकप्टर बिक्रि प्रक्रियामा काँग्रेसले कुनै बाधा नपार्ने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै