
श्रीमद्भगवत गीता।।
२३ भाद्र २०७६, सोमबार ०६:३०
अदृष्टपूर्वं हृषितोऽस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मनो मे |
तदेव मे दर्शय देव रूपं प्रसीद देवेश जगन्निवास || ११/४५ ||
मैले पहिला न देखेको तपाईंको यो आश्चर्यमय रुपलाई देखेर हर्षित र मेरो मन भयले व्याकुल पनि भइरहेको छ, त्यसैले तपाईं अाफ्नो त्यो चतुर्भुज विष्णु रुप देखाउनुस्। हे देवेश! जगन्निवास! प्रसन्न हुनुहोस्।
किरीटिनं गदिनं चक्रहस्त-मिच्छामि त्वां द्रष्टुमहं तथैव |
तेनैव रूपेण चतुर्भुजेन सहस्रबाहो भव विश्र्वमूर्ते || ४६ ||
म त्यस्तै तपाईंलाई मुकुट धारण गरिएको तथा हातमा गदा र चक्र लिइएको देख्न चाहन्छु। त्यसैले हे विश्वरुप! हे सहस्रबाहो! तपाईं त्यही चतुर्भज रुपमा प्रकट हुनुहोस्।
श्रीभगवानुवाच |
मया प्रसन्नेन तवार्जुनेदं रूपं परं दर्शितमात्मयोगात् |
तेजोमयं विश्र्वमनन्तमाद्यं यन्मे त्वदन्येन न दृष्टपूर्वम् || ४७ ||
श्रीभगवानले भन्नुभयो – हे अर्जुन! अनुग्रह पूर्वक मैले आफ्नो योगशक्तिको प्रभावले यो मेरो परम तेजोमय, सबैको अादि र सीमारहित विराटरुप तिमीलाई देखाएको छु, यसलाई तिमी बाहेक अरु कसैले पनि देखेको छैन्।
न वेदयज्ञाध्ययनैर्न दानै- र्न च क्रियाभिर्न तपोभिरुग्रै: |
एवंरूपः शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर || ४८ ||
हे अर्जुन! मनुष्य लोकमा यसप्रकार विश्वरुप वाला न म वेद अध्ययनले, न यज्ञले, न दानले, न कुनै क्रियाले, न उग्र तपले नै तिमी बाहेक अरु कसैद्वारा देख्न सकिन्छ।
मा ते व्यथा मा च विमूढ़भावो दृष्ट्वा रूपं घोरमीदृङ्ममेदम् |
व्यपेतभी: प्रीतमनाः पुनस्त्वं तदेव मे रूपमिदं प्रपश्य || ४९ ||
मेरो यो विकराल रुप देखेर तिमीले डराउनु पर्दैन्थ्यो र मूढभाव पनि न हुनुपर्ने तिमी भय रहित र प्रीतियुक्त मनवाला भएर मेरो चतुर्भज रुप हेर।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि
सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ