Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

राहुल गान्धीको ४९ औं जन्मदिन

४ असार २०७६, बुधबार १४:३९


भारतीय काँग्रेस (काँग्रेस आईका) प्रेसिडेन्ट राहुल गान्धी आजबाट ४९ औं वर्षमा प्रवेश गर्दैछन् । भर्खरै चुनावमा काँग्रेस आई ले भाजपासंग भारी मतले हारेको छ, यस हारको जिम्मेवारी अनि आगामी चुनावमा काँग्रेसको छवी सुधारका लागि व्यस्त अनि चुनौतिको सामना गरिरहेका राहुल गान्धीको यस वर्षको जन्मदिन अलिक कठिन चुनौतिबिच नै रहेको मानिन्छ ।

जुन १९ सन् १९७० मा राहुल गान्धीको जन्म नेहरु गान्धी परिवारको चौंथौं पुस्ताका रुपमा भएको हो । दिल्ली र उत्तराखण्ड भारतका बिधालयहरुमा अध्यन गरेका राहुलले पछि बेलायतको ट्रिनीटी कलेजबाट अध्ययन गरेका हुन् । बाल्यकाल र युवाअवस्थामा राजनितीबाट निकै टाढा रहेका राहुल पछि आएर राजनितीमा सक्रिय देखिन थालेका थिए । राजनैतिक भाषण देखि मुद्धा प्रस्तुति सम्म राहुलले हरेक पटक सिक्दै अनि आफुमा निखार ल्याँउदै गएका छन् । सन् १९८४ मा यिनकी हजुरआमा ईन्दिरा गान्धीको हत्यापछि गान्धी परिवारमा राजनैतिक प्रतिनिधित्वकर्ताको भूमिका र आँउदो पात्र बिषयमा निकै चर्चाहरु चलेको थियो । त्यपछि सुरक्षाका दृष्टिकोणले राहुल र यिनकी बहिनी प्रियंकालाई घरमै बिधालय शिक्षाको ब्यवस्था गरिएको थियो । सन् १९८९ मा दिल्लीको स्टेफेन कलेजमा भारतीय इतिहास पढेका राहुल खेलकुदमा निकै अब्बल थिए । पछि हावर्ड बिजनेश स्कुलमा अर्थशस्त्रको पनि यिनले अध्ययन गरेका हुन् । सन् १९९१ मा पिता राजीव गान्धीको हत्यापछि त झनै गान्धी परिवारको अर्को राजनैतिक उम्मेदवारका बिषयमा निकै चर्चा र खोजि हुन थाल्यो । क्रमश राहुल र यिनकी आमा सोनिया गान्धीले राजनितीमा आफ्नो कदमहरु राख्न थाले सन् २००४ को भारतीय चुनावमा राहुल उम्मेदवारका रुपमा प्रथम पटक उठेका हुन् ।

प्रधानमन्त्री मोदीले पनि राहुललाई बिहानै शुभकामना सन्देश दिएका छन् । राहुल गान्धीलाई नेपालबाट पनि जन्मदिनको शुभकामना ।

सुयोग ढकाल
लाइभ्माण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै