खग्गोशीलाई जनावर झैं वली दिइएको थियो ~ साउदी राजकुमारका अगंरक्षकको वयान


जमाल खग्गोशीको शरीरलाई टुक्रा टुक्रा पार्ने योजना उनी ईस्तानावुलको साउदी राजदुतावास छिर्नु १३ दिन अघि मात्र निर्णय गरिएको थियो । गत हप्ता संयुक्त राष्ट्र संघले साउदी मूलका अमेरिकी पत्रकार जमाल खग्गोशीको टर्कीमा भएको विभत्सहत्याकाण्डको प्रतिवेदन सार्वजनीक थियो र यस्मा स्पष्टसंग साउदीका राजकुमार मुहम्मद बिन सल्मानको संलग्नता जाहेर गरिएको थियो । बिन सल्मानको अगंरक्षक माहेर अव्दुलालीज अल मुतरेव साउदीका बरिष्ट इन्टेलिजेन्स अफिसर पनि हुन्, उनले भर्खरै आफ्नो वयानमा खग्गोशीको हत्या विवरण सार्वजनिक गरेका छन् ।

उन्ले फोरेन्सीक चिकित्सालयका बरिष्ट डाक्टर सलाह मोहम्मद अल दुबिजीसंग सल्लाह गरेर कसरी कसैले थाहा नपाउने गरि खग्गोशीको शरीरलाई टुक्रा टुक्रा पारेर ठेगाना लगाइयो भन्ने कुरा जानकारी गराएका छन् । उन्को वयानले विश्व नै चकित भएको छ ।
डाक्टर दुबिजीले मानव शरीरको जोडहरु छुटाउन सकिन्छ जसले गर्दा शरीरका सकेसम्म साना टुक्रा पार भनेंर निर्देशन दिएका थिए । खग्गोशीको शरीर भारी छ तसर्थ प्लाष्टीकमा राखेर काट्दै ससाना टुक्राहरु प्लाष्टीकमा प्याक गर्न निर्देशन दिइएको थियो । अल मुतरेवले खग्गोशी दुतावास छिर्नु अघि जनावर वलीका लागि आएको छ भनी सोधेका थिए र पछि खग्गोशीलाई मारेपछि मुतरेवको छोरालाई मेसेज गर्न आदेश दिइएको थियो ।

साउदीका राजकुमार सल्मानले यसैहप्ता सबैजनालाई उक्त हत्यालाई राजनितिकरण नगर्न आक्रोश व्यक्त गरेका थिए । साउदी सरकारले खग्गोशीको हत्या आरोपमा दर्जन नागरीकलाई पक्राउ गरेर ५ जनालाई मृत्युदण्डको पनि सजाय सुनाएको भनेंको छ ।

लाइभमाण्डु


Loading comments...