machapuchare

माछापुच्छ्रे स्कुल एक्जिबिसन भव्यताकासाथ सम्पन्न


यसैसाता माछापुच्छ्रे स्कुल सातदोबाटो कुसुन्तीले माछापुच्छ्रे स्कुल एक्जिबिसन कार्यक्रम सम्पन्न गरेको छ । ब्यवहारिक शिक्षाका लागि लागिपरेको माछापुच्छ्रे स्कुलले विद्यार्थीहरुको अध्ययन र खोज लाई बाहिर निस्कन सहज होस् भन्ने उदेश्यका साथ यो प्रदर्शनीको आयोजना गरेको हो ।

कार्यक्रमको समुद्घाटन रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले रिबन काटेर गर्नुभएको थियो । यस प्रदर्शनीमा विशेषगरी बिज्ञान , गणित र दैनिक उपयोगी प्रविधिलाई विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट वर्क मार्फत प्रस्तुत गरेका थिए ।

समुद्घाटन कार्यक्रममा बोल्दै माछापुच्छ्रे स्कुलका सीइओ डाक्टर बिनोद यादवले ब्यबहारिक ज्ञान , सिप र दक्षता अभिवृद्धिका लागि यो प्रदर्शनी उपयुक्त रहेको कुरा जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नागरिक दैनिकका बिउरो चिफ छत्र कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाले जीवन विकासको आधार बनाउनको लागि समेत उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सौजन्य मिडियाका कार्यक्रम व्यवस्थापक सुनिल आचार्यले विद्यार्थीहरुले प्रस्तुत गरिएका विभिन्न प्रोजेक्ट वर्क अतिथिका सामु प्रस्तुत गरी त्यसले नै विद्यार्थीको प्रतिभा मूल्यांकन गरिने हुँदा विद्यार्थीहरुलाई ढुक्क भएर आफूले तयार पारेका प्रोजेक्ट वर्क हरु प्रस्तुत गर्नका लागि हौसला प्रदान गर्नुभएको थियो ।

प्रोग्रेसिभ एप्रोचलाई आत्मसात गर्दै शैक्षिक रणनीतिका साथ अगाडि बढिरहेको माछापुच्छ्रे स्कुलले प्रत्येक हप्ता जस्तो विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । शिशु कक्षा देखि कक्षा १० सम्म अध्ययन अध्यापन अगाडि बढिरहेको माछापुच्छ्रे स्कुलले गुणस्तरीय शिक्षाका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेको छ ।


Loading comments...