हङकङ्गमा सरकार विरोधी वृहत प्रदर्शन


हङकङ्गमा सरकारले भर्खरै फास्ट ट्रयाकबाट चीन सर्मथीत सुपुर्दगी सन्धी ल्याएको भनी जनताहरुले एतिहासिक प्रर्दशन शुरु गरेका छन् । यस नियम अनुसार हङकङ्गमा भएका अपराधीहरुलाई मेनल्याण्ड चीनमा सुपुर्दगी गर्न सकिने छ । प्रहरीका अनुसार लगभग ३ लाख मान्छेहरुको संलग्नता भनिएतापनि स्थानीय मिडिया र सत्तचारकर्मीहरुले १० लाख बढि मान्छेहरु यस प्रर्दशनमा सडकमा उत्रिएको खबर छ ।

यस्तै प्रदर्शन सन् २००३ मा प्रो डेमोक्रेसी प्रदर्शनका क्रममा हङकङ्गमा भएको थियो र यो अहिलेको प्रदर्शन त्यसपछिको सर्वाधिक ठुलो हो ।

सन् १९९७ मा चीनीयाँ शाषनबाट स्वतन्त्र हङकङ्गमा आगामी ५० वर्षसम्म चीनलाई राजनिती, आर्थिक र सामाजिक संयन्त्रको जिम्मा सुम्पीएको बताइन्छ । एउटा देश तर दुईवटा प्रणालीका रुपमा हङकङ्गमा चीन र वेलायत दुबै देशका छाप देख्न सकिन्छ । चीनसंगको सुपुर्दगी सन्धी अहिलेको सरकारलाई निकै भारी भएको छ ।

लाइभमाण्डु


Loading comments...