BREAKING | ह्वाइट हाउस छिर्ने दौड सम्पन्न: जो बाइडेन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी
अमेरिका । अमेरिकी जनताले जोय बाइडेनलाई अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बिजयी बनाएका छन् । भर्खरै प्राप्त समाचार अनुसार बाइडेनले अमेरीकि चुनाव २०२० को राष्ट्रपति पदको चुनौतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडी पार्दै बिजयी भएका हुन् ।
अर्कोतर्फ २१४ एलेक्ट्रोल भोटमै अड्किएका वर्तमान राष्ट्रपति ट्रम्प फेरी अघि बढ्न सकेनन । सन् १९९० पछि संयुक्त राज्य अमेरिकामा एक कार्यकालका लागि मात्र बिजयी अर्का राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको नाम जोडिने छ भने यो निर्वाचन सन् १९०० पछि सबैभन्दा मत खस्न सफल निर्वाचनको रुपमा इतिहास दर्ता भएको छ ।
सन् १९०० पछि अत्याधिक मतदान गरिएको यस निर्वाचन २०२० मा बाइडेनले ७ करोड ३० लाख बढी मत प्राप्त गर्न सफल भए भने ट्रम्पले झण्डै ७ करोड मत प्राप्त गरेका हुन् यो पनि अमेरिकी राष्ट्रपतिय निर्वाचनको इतिहासमा कुनै पनि राष्ट्रपतिको उम्मेदवारले प्राप्त गरेको दोस्रो अत्याधिक मत संख्या हो ।
नेभाडा, पेन्सीलभेनिया तथा जर्जियाको भोट बाइडेनका लागि निर्णायक रह्यो ।
बाइडेनले आफ्नो जीतमा ट्वीट गर्दै लेखेका छन्ः
जो बाइडनले आफ्नो ट्विटरमा लेख्नुभएको छ, “अमेरिका! मलाई यो महान देशको नेतृत्वका लागि चुनिएको छ, यो मेरो लागि सम्मानको बिषय हो ।”
America, I’m honored that you have chosen me to lead our great country.
The work ahead of us will be hard, but I promise you this: I will be a President for all Americans — whether you voted for me or not.
I will keep the faith that you have placed in me. pic.twitter.com/moA9qhmjn8
— Joe Biden (@JoeBiden) November 7, 2020
कमला ह्यारिसः अमेरिकाको नयाँ उप-राष्ट्रपति
राष्ट्रपति चुनाव २०२० मा बाइडेनको नेतृत्वमा डेमोक्रैटको जीतसँगै कमला देवी ह्यारिसले ट्वीट मार्फत यस कुराको पुष्टि गर्नुभएको छ ।
वहाँले ट्वीटमा लेख्नुभएको छ, “यो चुनाव जो बाइडेन या मेरो लागि धेरै कुरा थियो । यो अमेरिका को आत्मा तथा यसको लडाइका लागि हाम्रो इच्छा थियो । हाम्रो लागि अगाडी अब प्रशस्त कामहरु छन् । आउनुहोस् शुरु गरौं ।
This election is about so much more than @JoeBiden or me. It’s about the soul of America and our willingness to fight for it. We have a lot of work ahead of us. Let’s get started.pic.twitter.com/Bb9JZpggLN
— Kamala Harris (@KamalaHarris) November 7, 2020
अमेरिकी निर्वाचन २०२० बारे सबै अपडेटहरु – अध्यावधीकः ०५ नोभेम्बर राती ११:५० बजे
ताजा अपडेट अनुसार बाइडेनसँग यस समय २५३ इलेक्टोरल कलेज भोट छ जबकि ट्रम्पसँग २१४ भोट रहेका छन् । व्हाइट हाउसको यात्रा तय गर्नका लागि २७० कूल भोटको आवश्यक्ता पर्दछ ।
०५ नोभेम्बर ०८:२० राती सार्वजनिक
मतगणनाको एक दिन पश्चात चुनाव परिणाहरुमा कुनै ठूलो परिवर्तन देखिएको छैन । ६ राज्यहरुमा मतगणना जारी छ र केही ठूलो परिवर्तन भइहालेमा यही ६ राज्यले मात्रै अब तलमाथी गर्नसक्छ । जो बाइडेनका लागि राष्ट्रपति पदको यात्रा केही सजिलो देखिन थालेको छ तर कुनैबेला पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका भोटरले खेल उल्टा गरिदिनसक्छन् ।
बाइडेनसँग यस समय २४३ इलेक्टोरल कलेज भोट छ जबकि ट्रम्पसँग २१४ भोट रहेका छन् । व्हाइट हाउसको यात्रा तय गर्नका लागि २७० कूल भोटको आवश्यक्ता पर्दछ ।
?? मिशिगनमा जो बाइडनको जीतको सम्भावना प्रबल छ । पारम्परिक रूपले यो राज्यलाई प्रजातान्त्रिक मानिन्छ । तर, सन् २०१६ मा हिलेरी क्लिन्टनले यही महत्वपूर्ण राज्यमा हार बेहोरिनुपरेको थियो ।
?? जर्जियामा निर्वाचन अधिकारिहरुका अनुसार सबै भोटको गणना नहुञ्जेल गणनाकार्य रातभर चलिरहने छ । गत राती त्यहाँ ९० हजार मत गणनाका लागि बाँकि रहेका थिए त्यस अवस्थासम्म बाइडेन २८ हजार मतले ट्रम्पभन्दा अगाडी थिए ।
?? नेभाडामा ट्रम्प र बाइडेनको टक्कर घमाशान छ जहाँ बाइडनको अग्रता केवल ७ हजार ६ सय ४७ भोटको रहेको छ । निर्वाचन अधिकारिहरुका अनुसार आगामी परिणाम बिहिबार स्थानीय समयानुसार बिहान ९ बजे जानकारी गराइने छ ।
?? एरिजोनामा अधिकांश भोटहरुको गणना जारी छ, तर यो स्पष्ट छैन कि जीतको अनुमान कहिलेसम्म आउने छ ।
?? विस्कन्सिनमा पनि बाइडेनले २० हजार ५ सय १० भोटको अग्रता बनाएका छन् ।
?? पेन्सिल्वेनियामा ट्रम्पको अग्रता बुधबार अपरान्हभन्दा कम भएको देखिन्छ । त्यहाँ ९० प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । अहिल उनी १ लाख ६४ हजार ४ सय १४ भोटले अगाडी छन् । बुधवार अपरान्ह स्थिति अर्कै थियो, त्यतिखेर उनी पेन्सिल्वेनियामा ३ लाख ७९ हजार ६ सय ३९ भोटले बाइडेन भन्दा अगाडी थिए ।
?? नर्थ क्यारोलाइनामा ९६ प्रतिशत मत गणना भइसकेको छ र त्यहाँ पनि ट्रम्प ७६ हजार ७ सय ३७ भोटले बाइडेन भन्दा अगाडी देखिएका छन् ।
?? ट्रम्पको क्याम्पेनले जर्जियामा कानूनी कारवाही शुरू गरेको छ । यो यस्तो चौथो राज्य हो जहाँ ट्रम्प समूहले कथित अनियमितताहरुको आरोप लगाएका थिए ।
?? डेट्रयट, मिशिगनमा दुवै उम्मेद्वारहरुको समर्थकहरुले प्रदर्शन गरेका छन् । त्यहीं फिलाडेल्फिया, पेन्सिल्वेनियामा मतगणना केद्रहरुको सामू डेमोक्रेट समर्थक जम्मा भएका छन् र ‘Count My Vote – मेरो भोटको गणना होस्’ भन्ने नारा लगाइरहेका छन् । एरिजोनामा ट्रम्पका समर्थकहरुले मतगणना केन्द्रहरु बाहिर ब्यापक प्रदर्शन गरेका छन् र मतगणना बन्द गर्ने माग गरेका छन् ।
?? सीनेटमा रिपब्लिकनहरुले आफ्नो पकड बलियो राखेका छन् जसपश्चात् काँग्रेसमा परिवर्तन हुनसक्ने सम्भावना अत्यन्तै कम देखिन्छ ।
हाइलाइट्स
- एरिजोनामा डोनाल्ड ट्रम्पलाई बाइडेनले पछाडी छाड्दै अग्रतातर्फ
- एरिजोना मतगणना केन्द्रको बाहिर ट्रम्प समर्थकहरुद्वारा ब्यापक प्रदर्शन
- एरिजोनाले ‘शारपाइ गेट’को सबै दावी खारेज गर्र्यो
- जीतको अन्तिम परिणाम अघि नै बाइडेनले शुरु गरे ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिशन वेबसाइट
- झुठो दावीहरुबाट दूषित भयो अमेरिकी चुनावः अन्तरराष्ट्रीय पर्यवेक्षक
- उपराष्ट्रपतिको उमेद्वार कमला देवी ह्यारिसको जीतका लागि भारतको तमिलनाडुमा विशेष पूजा
- लामो हुनसक्छ अन्तिम् नतीजाको घोषणा
- डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले भने, “अब स्पष्ट छ की मसँग अमेरिकी राष्ट्रपति पद जीतनका लागि पर्याप्त राज्य छ”
- मिशिगनमा जीतको संभावना अघि नै बाइडनले भने, “जब मतगणना समाप्त हुनेछ, मलाई विश्वास छ कि जीत हाम्रै हुनेछ”
- अन्तिम नतिजा एरिजोना, जर्जिया, विस्कान्सिन तथा पेन्सिलभेनिया लगायतका राज्यहरुले तय गर्नेछन्
- राष्ट्रपति ट्रम्पको सम्बन्धमा अनुमान छ कि उनी अहिले टेक्सस, ओहायो तथा फ्लोरिडामा जीततर्फ अग्रसर छन्
- ट्रम्पले बिना प्रमाण विरोधिहरुमाथी चुनावमा धोखेबाजीको आरोप लगाएका छन् र भनेका छन् कि म यस विषयलाई सुप्रीम कोर्टमा चुनौती पेश गर्नेछु
- ट्विटरले ट्रम्पद्वारा जारी केही ट्वीटहरु लुकाइदिएको छ, लुकाइएका ति ट्वीटहरुमा ट्वीटर लेख्दछ, “यो कम्पनीको सिविक इन्टेग्रीटि नीतिको उल्लंघन हो र दिइएका जानकारीहरु भ्रामक हुनसक्छन्”
- बाइडनको क्याम्पेनले राष्ट्रपति ट्रम्पको बयानलाई ‘अपमानजनक’ भन्दै ‘मतगणना कुनै हालतमा रोकिने छैन बताएको छ’
- उम्मेदवारलाई व्हाइट हाउसको ढोका खुल्नका लागि २७० इलेक्टोरल कलेज वोटको आवश्यक्ता हुन्छ
- अमेरिकामा एक शताब्दिपछि सबैभन्दा बढि मतदान खसेको अनुमान गरिएको छ । अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ
- यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन्
- अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए
- मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति ब्यापक असन्तुष्टि रहेको देखाउँछ
- राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ, तर कडा प्रतिस्पर्धा हुने विभिन्न ‘ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ
अन्तिम परिणाम अघि नै बाइडेनले शुरु गरे ‘बिल्ड ब्याक बेटर‘ नामको ट्रान्जिशन वेबसाइट
अमेरिकी राष्ट्रपति चुनावमा जुन उम्मेद्वारले जीत दर्ता गर्दछ उसले जनवरीमा व्हाइट हाउस प्रवेशको तयारी अघि आफ्नो एक ट्रान्जिशन टोलीको गठन गर्ने गर्दछ ।
जस्तो कि हामीलाई थाहा छ कि चुनावमा अहिलेसम्म कोहि विजेता घोषणा भइसकेका छैनन तर दुवै उम्मेद्वारहरुको आफ्नो स्पष्ट जीत हुन्छ भन्ने विश्वास छ । अहिले दुवैले यस किसिमका दावी गरिरहेका छन् जसबाट पदको दौडमा आफू अगाडी देखिन सकियोस् ।
बाइडेनद्वारा सार्वजनिक वेबसाइट ‘बिल्ड ब्याक बेटर’ मा लेखिएको छ, “देश जुन किसिमको संकटबाट गुज्रिरहेको छ त्यसमा महामारीदेखि लिएर आर्थिक मन्दी तथा जलवायु परिवर्तनदेखि लिएर नस्लीय अन्याय जस्ता गम्भीर मुद्दाहरु समावेश छन् । ट्रान्जिशन टोलीले पूर्ण गतिका साथ तयारी गर्नेछ जिसबाट बाइडन-ह्यारिस प्रशासनले पहिलो दिनबाटै काम शुरु गर्न सकोस् ।”
बुधवार बाइडनले दोहर्र्याएका थिए कि उनि राष्ट्रपति बनेको पहिलो दिन नै “पेरिस जलवायु समझौता”मा अमेरिका शामेल हुनेछ ।
बुधवार अमेरिका आधिकारिक रुपमैं यस सम्झौताबाट बाहिरिएको थियो ।
झुठो दावीहरुबाट दूषित भयो अमेरिकी चुनावः अन्तरराष्ट्रीय पर्यवेक्षक
एक अन्तरराष्ट्रीय पर्यवेक्षक मिशन अनुसार अमेरिकी चुनाव ‘कानूनी अनिश्चितता तथा जनताको विश्वास कम गर्ने प्रयासहरुबाट दूषित थिए ।
अर्गनाइजेशन फर सिक्युरिटी ऐण्ड कोअपरेशन इन यूरोप (OSCE) अनुसार, “कोविड-१९ को चुनौतिहरुको बावजूद चुनाव ‘प्रतिस्पर्धी तथा व्यवस्थित’ रह्यो । तर, साथै यो पनि भनिएको थियो कि, “यसका साथै यो पूरा अभियान गहिरो राजनीतिक ध्रुवीकरणबाट घेरिएको थियो र प्रायः यसमा व्यापक नीतिगत बहसहरुको कमी देखियो तर, यसमा व्यवस्थित धोखाधडीको आधारहीन आरोप शामेल थिए ।”
मङ्गलवारको मतदान अघि, पोस्टल ब्यालेट तथा अर्ली भोटलाई लिएर कैंयन मुद्दाहरु परेका थिए जुन मतपत्रहरुलाई पोस्ट गर्न तथा ति मतपत्रहरु प्राप्त हुने समय सीमा लगायत त्यसमा साक्षिको के हस्ताक्षर जस्ता मुद्दाहरुमा आधारित रहेका थिए ।
अहिले ५० राज्यहरुमध्ये ४३ राज्यहरुको मात्र मत परिणाम सार्वजनिक भएका छन् । ताजा नतिजा तथा विस्तृत अपडेटका लाइभमाण्डू हेर्दैगर्नुहोला
राष्ट्रपति ट्रम्पले भनेका छन्, “मतगणना ति स्थानहरुमा रोकिनुपर्छ जहाँ ब्यालेटमा ‘धोखाधडी’ भएको छ ।” तर, उनले यस आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण भने पेश गरेका छैनन । अन्तरराष्ट्रीय पर्यवेक्षकहरुका अनुसार, “चुनावमा व्यापक धोखाधडीको कुनै प्रमाण छैन ।”
बीबीसीलाई मान्ने हो भने बाइडेन मिशिगनमा जीततर्फ अघि बढिरहेका छन् । साथै अमेरिकी मीडियाका अनुसार बाइडेन विस्कान्सिनमा पनि जीततर्फ अगाडी बढिरहेका छन् । पेसिल्भेनियाका सम्बन्धमा अहिलेसम्म कुनै परिणाम अगाडी आइसकेको छैन । ति तिनवटै राज्यहरुमा यदि बाइडेनले जीत हासिल गर्छन भने ह्वाइट हाउसको ढोका उनका लागि पक्का-पक्कि जस्तै हुनेछ ।
बुधवार अपरान्ह बाइडेनले डेलाभेयरमा भने, “जब मतगणना समाप्त हुनेछ, मलाई विश्वास कि जीत हाम्रो नै हुनेछ” । उनले अगाडी भने, “म एक अमेरिकी राष्ट्रपतिको गरिमाका साथ शासन चलाउने छु । राष्ट्रपति पद आफैमा कुनै पक्षपातपूर्ण संस्थान होइन ।”
त्यस्तै, पेन्सिल्भेनियाका सम्बन्धमा अहिले स्थिति त्यति स्पष्ट भने छैन । राष्ट्रपति ट्रम्पको क्याम्पेन म्यानेजर बिल स्टेपियन भन्छन्, “हामी पेन्सिल्भेनियामा जीतको घोषणा गर्दछौं । यो कुनै भावनाका आधारमा नभएर गणितको आधारमा बोलिएको हो । यदि हामी सबै कानूनी ब्यालेटको गणना गर्दैछौं भने जीत अवश्य हाम्रो हुनेछ ।”
ट्रम्प क्याम्पेनका वरिष्ठ सहयोगी जेसन मिलर भन्छन्, “यो हप्ताको अन्तिम् सम्ममा देशले स्पष्ट सन्देश पाउनेछ कि राष्ट्रपति ट्रम्प तथा उप-राष्ट्रपति पेंस आगामी थप चार वर्षका लागि पुनः रोजिएका छन् ।”
ताजा नतिजा अनुसार वाइडेन ट्रम्प भन्दा अगाडी देखिन्छन् – ५ नोभेम्बर बिहान ०८ः५३ बजे
१० करोड अमेरिकीहरुले आफ्नो भावी राष्ट्रपतिको लागि मेल मार्फत र प्रत्यक्ष भोट मार्फत आफ्नो मत दिइसकेका छन् । अमेरिकी राष्ट्रपतिय चुनाव पपुलर भोट भन्दा पनि इलेक्टोरल कलेज का कारणले निर्णायक हुन्छ, इलेक्टोरल कलेजमा ५३८ एलेक्टोरहरु हुन्छन् र जीत्नका लागि कम्तिमा २७० एलेक्टोरल कलेज चाहिन्छ, हेरौं क सन् २०१६ मा झैं ट्रम्पले यस पटक पनि बाजी मार्लान त ?
मत गणनाका क्रममा नै ह्वाइट हाउसको पूर्वी च्याम्बरवाट ट्रम्पले आफूहरुले जितिसकेको र मतगणनामा धाँधली भए सर्वोच्च न्यायलय जाने बताइसकेका छन् ।
कोरोना विरुद्धको रेस्पोन्समा कमजोर भएको प्रतिस्पर्धि वाइडेनले ट्रम्प विरुद्धको मुख्य आरोपका रुपमा प्रस्तुत गरेका छन्, वाइडेन आफू बिज्ञानमा विश्वास राख्ने र वैज्ञानीक खोज मार्फत कोरोना संग लड्ने नाराका साथ अघि कढेकोमा पछिल्लो समय निकै रुचाइएको भनी बताइएको छ । ताजा मत परिणाम हेर्दा ट्रम्प वाइडेनभन्दा ओरालो लागिसकेको देखिन्छ यद्धपी अझै पनि इलेक्टोरलहरुको गणना बाँकी छ ।
अमेरिकी अर्थव्यबस्था, आन्तरिक आम्दानी र अमेरिकाका नेटिभहरुका लागि ट्रम्पले निकै गरेको र उनीहरु माझ रिपव्लीकनहरु निकै रुचाइएको तथ्याकं पाइन्छ, अमेरिकाका भारतीय समुदायहरुसंग नरेन्द्र मोदी अमेरिकामा हुँदा ट्रम्पले र्याली साझेदार गरेर निकै चर्चा कमाए । अब हेरौं यसपटकको बाजीमा वाइडेन पनि हिलरी जस्तै ट्रम्पका अगाडि हावा खाने हुन् या आगामी अमेरिकी राष्ट्रपति वाइडेन नै हुनेछन् ?
ताजा नतिजा अनुसार वाइडेन ट्रम्प भन्दा अगाडी देखिन्छन् – ४ नोभेम्बर राती १०ः४४ बजे
अमेरिकी राष्ट्रपति निर्वाचनसँग सम्बन्धीत सार्वजनिक सबै सामाग्रीहरु
८) ट्रम्पको प्रेस रिलीजको प्रत्यक्ष प्रशारणमा ‘झुठ बोलिएको’ भन्दै CNBC ले रोक्यो प्रत्यक्ष प्रशारण
७) BREAKING | जर्जिया राज्यमा हुनेछ पुन: मतगणना, बाइडेनको थियो अग्रता
६) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प
५) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः अमेरिकी चुनावमा अहिलेसम्म के-के भयो जुन तपाईंले बुझ्न जरुरी छ?
४) के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?
३) ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?
२) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प
१) ह्वाइट हाउस छिर्ने दौडः यो जीत कस्को?