
रोटरी क्लब अफ बाग्मतीले तत्कालीन सहयोग स्वरुप माक्स बितरण
१६ बैशाख २०७७, मंगलवार ०७:४९
रोटरी इन्टरनेसनल डिस्ट्रीक 3292 अन्तर्गत रोटरी क्लब अफ बाग्मतीले कोभिड 19 को महामारीको समयमा तत्कालीन सहयोगको लागि सरकार तथा अन्य सस्थाहरूलाई माक्स नि:शुल्क प्रदान गर्दै आएको छ ।
कोरोनाको महामारीको समयमा साबधानी अपनाउँदै सङ्क्रमण रोक्न सहयोग होस् भन्ने उद्देश्यले पन्द्र हजार सर्जिकल माक्स र चार सय एन 95 माक्स निशुल्क बितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी गराउनु भयो ।
यसै क्रममा पाटन अस्पतालमा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर वटा एन 95 माक्स हस्तान्तरण गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा पाँच सय सर्जिकल माक्स र पचास वटा एन 95 माक्स हस्तान्तरण गरिएको छ । त्यसैगरी स्वास्थ सेवा बिभागको महामारी शाखामा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर एन 95 माक्स हस्तान्तरण गरिएको छ । वितरणकै क्रममा भुल्मु गाऊँ पालिका लाई दुई हजार सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब अफ बाग्मतीले भुइचालो, आँधिबेरी लगायतका बिभिन्न आपतकालीन अबस्थामा सहयोग पुर्याउँदै आएको छ ।
याे पनि पढ्नुहाेस
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै