Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

सीमा अतिक्रमणको चिनियाँ शैली बारे ‘ग्लोबल टाइम्स’ लेख्छ: हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दावी

२ कार्तिक २०७७, आईतवार २०:५३

लोकप्रिय

काठमाण्डौ । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ शैली अपनाएको छ ।

तर, पछिल्लो समय हुम्लामा बस्ती बसाइसकेपछि चीनले उक्त भूभागको चीनको भएको दावी गरेको छ । यसअघि हुम्ला लुलुङजोङ क्षेत्रमा विभिन्‍न ११ वटा संरचनाहरु बनाएको छ । उक्त भवनमा चिनियाँहरु बस्‍ने गरेका छन् । त्यहाँ थप संरचनाहरुको निर्माण कार्य भइरहेको छ । अहिले चीनले उक्त भूमि आफ्नो भन्दै दाबी गरेको छ ।

चीनले तिब्बत स्वायत्त क्षेत्रको अलिस्थित बुरङ काउन्टीमा उक्त संरचनाहरु बनाएको चिनियाँ अधिकारीहरुले दाबी गरेको समाचार ग्लोबल टाइम्समा छ । यसअघि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी उक्त भवनहरु चिनियाँ भूभागमै रहेको र नेपालले फेरि निरीक्षण गर्नसक्ने बताएको थियो ।

उक्त संरचना निर्माण थाल्नुअघि नै गत २०२० को मई महिनामा नै सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेपछि मात्रै संरचना बनाइएको चीनको दाबी छ ।

नेपाल सरकारले पनि उक्त संरचनाहरु चिनियाँ भूमिमा नै भएको बताइरहे पनि सीमा अनुगमनमा गएको नेपाली कांग्रेसको टोलीले भने उक्त संरचनाहरु बनाइएको नेपालको सीमा क्षेत्रबाट दुई किलोमिटर नेपालभित्र पर्ने दाबी गरेको छ ।

तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो । चीनले उक्त संरचनाहरु सीमा क्षेत्रबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा बनाएको बताएको हो ।


ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ । साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ ।

नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो । ती संरचना निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्‍न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।


हुम्लामा चीनले नेपाली भूमी मिचेको सम्बन्धी सबै सामाग्रीहरु

१) नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक
२) हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध
३) नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुको ब्यापक प्रदर्शन
४) हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ
५) नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ
६) भूमि अतिक्रमण विरुद्ध ‘नेपाल रिपब्लिकन’द्वारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
७) राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग
८) नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’
९) सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोलीलाई चीनको अपमान !
१०) चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्‍याली
११) चीनले मिचेको भूमी फिर्ता माग्दै ‘विश्व हिन्दू महासंघ’को र्‍याली

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा