चाडपर्वमा अत्याधिक ‘रक्सी र सितन’? स्वास्थलाई खतरा !!


अहिले चाडपर्वको यो माहौलमा घरघरमा अनि चोक चोकमा नेपाली शहर र गाँउहरु रमाईलो को सिलसिलेवार परिवृतीमा रक्सी अनि मासुको बडो अदभूत संगममा रहेको संभावना के हामी नकार्न सक्छौं ? बढि चिल्लो कुरा अनि मासुको अत्थाधिक सेवनले स्वास्थमा हानी पूर्याएर दशैंको चिरञ्जीवी बन्नु भन्ने आशिष नै उल्टो त पर्न जाने हैन ?

चाडबाडमा स्वादे जिब्रोहरुका लागि आवश्यक जानकारीः

बेलायती पत्रिका टेलिग्राफले रातो मासु र रक्सीलाई क्यान्सर संभावनाको कारक मानेको छ, यस तथ्य सिद्ध गर्न बिभिन्न अध्ययन र अनुसन्धान गरिएको छ ।

पक्कु राख्ने, पोल्ने अनि चपचिल्लै तेलमा डुबेको मासु खाने लगभग चाडपर्वको हस्ताक्षर जस्तो भइसकेको छ । अनि यही सितनसँग तानिने रक्सीका ग्लासहरु वास्तवमै हानीकारक छन् । सकेसम्म रक्सी नखाएकै राम्रो तर अझ मासु र रक्सी स्वास्थका दृष्टिले झन हानीकारक छ । एक त रक्सी आफैंमा अत्याधिक क्यालोरी हुने र मासुसंग सेवन गर्दा झनै खराब हुने गर्दछ । धेरैलाई एउटा भ्रम छ, ‘रक्सि जस्तो कुरो खाएपछि डाइटका रूपमा माछा, मासु चाहिने ।’ तर यो सोंचाई ठिक उल्टो हो, गलत हो ।

पाचन प्रणालीदेखि ग्रन्थी प्रणालीसम्म यस सितन र रक्सीको असर नकारात्मक हुने गर्दछ । बिकसीत देशमा सामान्यतया रक्सी सितन बिनानै सेवन गर्ने या फरक स्वादकालागि थोरै मात्र सितनसंग सेवन गर्ने चलन हुन्छ, यसले रक्सीको हानी न्यून पार्न सहयोग गर्दछ ।

यता हाम्रो तिर भनें मासुका विभिन्न परिकारलाई सितनको रूपमा रक्सी खाने चलनले गर्दा ज्यानमा इन्डोटक्सीनको सृजना गर्दछ । यसले गर्दा सबैभन्दा असर हाम्रो कलेजोलाई गर्दछ । त्यसै कारणले गर्दा पनि नेपालीहरुमा सामान्यतया फ्याटी लिभरको समस्या धेरै देखिन थालेको हो । अत्याधिक सितन र रक्सीको संयूक्त सेवन अनि शारीरीक क्रियाकलापको कमीले गर्दा यो समस्या झनै बिकराल छ । मासुमा अत्याधिक आइरन हुने हुँदा रक्सी र मासुको यो खुराकमा आइरनको अत्याधिक मात्राले कलेजोलाई झनै असर गर्दछ, यो वास्तवमा स्वास्थका हिसाबले एउटा बेमेलको सौखिया भोजन हो ।

यदि रक्सी नै खान मन छ भने बरु फलफुल अनि हरिया तरकारीसंग खानुमा हानी कम छ । यो चाडपर्वबाटै प्रयास गर्न शुरु गरौं । दुध या दही अनि अन्य दुग्धजन्य पदार्थसंग पनि रक्सी नखान सल्लाह दिइन्छ । दुग्धजन्य पदार्थको पनि अत्याधिक सेवनले शरीरमा ट्रयाग्लिसाइडस लगायत कोलेस्टेरोल बढाँउदछ ।

ब्रान्डी, ह्वीस्की, रातो वाइनहरु धेरै सेवन नगरौं, प्रशस्त पानी सेवन गर्न नभुलौं । बियर लगायतका सफ्ट ड्रिन्कहरुले कम असर गर्छ भन्नु गलत हो, बियरमा पनि प्रशस्त क्यालोरी हुन्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसंगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भनें पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भनें रक्सी सेवन नगरौं, केही सुपाच्य खाना खाएर पेट केही मात्रामा भरेर मात्र रक्सी सेवन गर्दा कम हानी हुन्छ ।

चाडबाडहरु आउछन, जान्छन, कहिले चिसो रहला त कहिले गर्मी होला, कुनै पनि बहानामा रक्सि र चिल्ला खानेकुराहरु उपभोग गर्नु अघि सावधानी जरुरी छ । चिसो पेय पदार्थहरु बोतलमा किनेर खानुभन्दा कागती पानी या घरमै बनाएको सर्वतको सेवन गर्ने बानी बनाऔं ।

स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ र आफ्नो स्वास्थ जीवनसँग जोडिएको बिषय भएको हुँदा यसको सुरक्षाको हाम्रो दायित्व पनि हाम्रै हो । चाडपर्वलाई अस्वस्थ रमाइलोसंग जोडेर आफ्नो स्वास्थसंग सम्झौता नगरौं, यति गर्न सकिन्न र ?

सकेसम्म धेरै तरकारी, फलफुल खाने गरौं । फेरि रक्सी र मासुको यो केमिस्ट्रीमा एसिडिटिको संभावना भएकोले धेरै भएकाले दशैं पछि लगत्तै पेट दुखाई र ग्याष्ट्रिकको शिकार नबनौं ।

मासु नै खान परेमा पनि सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गरौं ।

मासु मनपर्छ त्यो ठिक छ तर मासु स्वस्थ तरिकाले खाएमा रोग अनि स्वस्थ समस्याबाट जोगीन सकिन्छ, बिचार गरौं है !


खानेकुरा तथा खानपानबारे अन्य सामाग्रीहरु

१) अण्डा (फुल) भेज हो या ननभेज ? वैज्ञानिक निश्कर्ष यस्तो छ
२) व्रत (उपवास) बस्नुका वैज्ञानिक आधार तथा फाइदाहरु
३) बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?
४) बेसारको फाइदा तथा केही तथ्यहरु
५) मोटोपनको प्रमुख कारणहरु के हुन?
६) मुटुमा ब्लोकेज रोक्न ट्रान्स फ्याट भएका खानेकुरा नखानु नै वेश
७) मुटुरोगबाट बच्ने बाटो
८) कोरोना भाइरस (COVID-19) रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
९) कोरोनाभाइरस (COVID-19) को ‘पेशेन्ट जिरो’ को हो?
१०) के कोरोना भाइरसको असर केटकेटीमा कमजोर छ?


Loading comments...